प्रदेश

एमसीसी संसदमा टेबुल हुन कसैले रोक्दैनः रामचन्द्र पौडेल




काठमाडौं, ०२ माघ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी संसदमा टेबुल हुन कसैले नरोक्ने बताउनुभएको छ ।

आदिकवि भानु साहित्यिक अध्ययन समितिको कार्यक्रममा बोल्दै नेता पौडेलले सभामुख अग्नि सापकोटाले एमसीसी रोकेर नराख्ने दाबी गर्नुभएको हो ।

संसदमा एमसीसीबारे छलफल हुने र पारित गर्ने नगर्ने निर्णय संसदले नै लिने उहाँको भनाइ थियो । नेपाल बार एसोसिएसन र न्यायाधीशहरुले नै प्रश्न उठाएकाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव स्वभाविक भएको उहाँको जिकीर थियो । राणाले सम्मानजनक बहिर्गमन नचाहँदा यस्तो अवस्था आएको नेता पौडेलले बताउनुभयो ।

राणाले नै महाअभियोग लगाएर देखाउ भनेर चुनौती दिएको पनि उहाँले बताउनुभयो । संसद् पुनःस्थापनाको फैसला गर्ने चार न्यायाधीशमाथि प्रमुख प्रतिपक्षी एमालेले महाभियोग प्रस्ताव ल्याए संसद्ले स्वीकार्न नहुने पौडेलको तर्क थियो ।

आफू सभामुख हुँदा २०५१ सालमा मनमोहन अधिकारीले संसद भंग गरेको मुद्दामा पुनःस्थापनाको फैसला गर्ने तत्कालीन प्रधान न्यायाधीशविरुद्ध एमालेले महाभियोग प्रस्ताव ल्याउँदा आफूले अघि नबढाएको नजीर उहाँले सुनाउनुभयो ।

प्रकाशित : २ फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६