अर्थ-वाणिज्य

काइदा जान्दा फाइदै फाइदा :कोभिड नै मौका बन्यो एन.डी.को वजार विस्तारमा



कपिलवस्तु २ फागुन । काइदा जान्दा फाइदै फाइदा यो भनाई कोभिडको मौकामा आफ्नो वजार पहुच धेरै विस्तार गरेर कपिलवस्तुको एन.डी.कम्यूटरले सार्थक तुल्याएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नंं१ मा रहेको एन.डी. कम्प्युटर्स सेल्स एण्ड सर्भिसले कोभिडका वोलामा वजार विस्तारको ठूलो मौका पाएको पुष्टि गरेको हो । होम डेलिभरी सर्भिस , मर्मत संभारको सेवा र सबै प्रकारका सामान तथा पार्टसको उपलब्धताले उल्लेख्य विक्री गर्न सफल भएको हो । बर्षौदेखि कम्प्युटर सम्बन्धि सबै सेवा प्रदान गर्दै आइरहेको सो सस्थाले सबैको रोजाईमा पर्न सफल भएपछि कोभिडले पनि प्रभावित गर्न नसकेको हो ।
कपिलवस्तु जिल्लाभर कम्प्युटर सम्बन्धि सम्पूर्ण गुणस्तरीय सेवा प्रदान गरि सबैको आफ्नो सेवाप्रति राम्रो प्रतिक्रिया प्राप्त भएको प्रो.सोनु पौडेलले बताउनुभयो । अहिले कपिलवस्तु बाहिर बुटवल, भैरहवासम्म पनि आफुले सेवा दिईरहेको पौडेलले जानकारी दिनुभयो । २० लाख रुपैयाँबाट सुरु गरिएको यो व्यवसायमा अहिले कोभिडका २ वर्षम करिब ६० लाख रुपैयाँ बढी लगानी रहेको उहाले बताउनुभयो । सुरुवाती चरणमा बजारमा केही समस्या देखिएको भए पनि अहिले सहज स्थिति रहेको उहाँको भनाई छ
सो सस्थाले कम्प्युटर रुबो सेल एण्ड सर्भिस, ल्यापटप सम्बन्धि सेल एण्ड सर्भिस,सम्पूर्ण पार्टस ,फोटोकपी मेसिन एण्ड प्रिन्टर सेल ,प्रिन्टरका सम्पूर्ण पार्टस सेल सिसिटिभि पार्टस एण्ड सर्भिस,गेमिङ कम्प्युटर सेल्स ,गेमिङका लागी आवश्यक सम्पूर्ण एसोसेरिज उपलब्ध , कम्प्युटर र आईटि सम्बन्धि सम्पूर्ण सेवा तथा ए टु जेट पार्टस होलसेलमा उपलब्ध गराउदै आएको छ । होम सर्विसका कारण कोभिडका वेलामा उल्लेख्य वजार विस्तार गरेको हो ।

प्रकाशित : २ फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६