अर्थ-वाणिज्य

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गर्ने पहिलाे नेपाली बलर हुन सफल भए सन्दीप लामिछाने



काठमाडौं २ फागुन – नेपाली राष्ट्रिय क्रिकेट टाेलीका कप्तान सन्दीप लामिछानेले कीर्तिमान रचेका छन् । आज साेमवार भएकाे आयरल्यान्डसँगकाे खेलमा एक विकेट लिँदै सन्दीपले कीर्तिमान रचेका हुन् ।

आजकाे खेलमा आयरल्यान्डका जर्ज डाेकरेलकाे विकेट लिएका सन्दीप टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गरेका हुन् । उनी याे उपलब्धि हासिल गर्ने पहिलाे नेपाली बलर बनेका छन् ।

करण केसी पनि टी–२० मा ५० विकेटकाे नजिकै छन् । करणले अहिलेसम्म ३३ खेलमा ४४ विकेट लिइसकेका छन् ।

याेसँगै सन्दीप टी–२० मा छिटाे (कम खेलमा) ५० विकेट लिने बलरकाे तेस्राे नम्बरमा परेका छन् । सन्दीपले २९ खेलमा याे उपलब्धि हात पारेका हुन् ।

याे सूचीकाे पहिलाे नम्बरमा रहेका श्रीलङ्काका अजन्था मेन्डिजले २६ खेलमा ५० विकेट लिएका छन् । यस्तै दाेस्राे नम्बरमा रहेका आयरल्यान्डका मार्च रिचार्ड एडरले २८ खेलमा ५० विकेट लिएका छन् ।

प्रकाशित : २ फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६