काठमाडौं ३ फागुन – नेपाली बजारमा सुनको मूल्य आज पनि बढेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य ९५ हजार रूपैयाँमा कारोबार भएकोमा आज १२ सय रूपैयाँले बढेकाे हाे ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रूपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य ९६ हजार २ सय रूपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेकाे छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय २० रूपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।








प्रतिक्रिया