प्रदेश

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक फागुन ७ र ८ गते बस्ने



काठमाडौं, ०३ फागुन । नेकपा माओवादी केन्द्रको केन्द्रिय कमिटी बैठक यही फागुन ७ र ८ गते बस्ने भएको छ।

कहिले तयारी नपुगेको र कहिले कोरोनाका कारण भन्दै पटकपटक स्थगित हुदै आएको बैठक फागुन ७ र ८ गते बस्ने भएको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

माघ २८ र २९ गते बोलाइएको बैठक माओवादीले कोरोना संक्रमणको जोखिम तयारी नपुगेको भन्दै कारण स्थगित गरेको थियो। यसअघि पुस २५ र माघ ८ गते बोलाइएको बैठक स्थगित भएको थियो। महाधिवेशन सम्पन्न भएपछि गत पुस १८ गते बसेको पहिलो केन्द्रिय कमिटी बैठकले अध्यक्षमा प्रचण्डलाई सर्वसम्मत चयन गरेको थियो।

माओवादीमा पदाधिकारी छनोट तथा नेताहरुको कार्य बाँडफाँडमा कुरा मिलेको छैन्। स्थानिय तहको चुनाव घोषणा भइसकेकोले त्यसको तयारीमा लाग्न ढिला भएकोले अब बोलाइएको बैठक नरोकिने माओवादीले जनाएको छ।

प्रकाशित : ३ फाल्गुन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६