प्रदेश

जितपुर–उप्टहवा–नन्दनर सडक बिस्तार सुरु, संरचना हटाउन सांसद पन्थीको आग्रह




हरि घिमिरे, ०३ फागनु ।
कपिलवस्तुको बाणगंगा १ जितपुर–उप्टहवा–नन्दनर सडक बिस्तार तथा स्तरोन्नति सुरु भएको छ । धेरै नेताका चुनावि एजेण्डा बनेको लामो समयदेखि ओझेलमा परेको यस सडकको काम आज (सोमवार) देखि सुरु भएको हो । जिल्लाको महत्वपुर्ण यस क्षेत्र जितपुर–उप्टहवा–नन्दनर सडक अहिले आएर बिस्तार हुनु खासै ठुलो कुरा भने होईन । यस क्षेत्रमा संघिय सांसद सम्म बसोबास गर्छन यद्यपि अहिले सम्म जितपुर देखि उत्तरको विषयमा केहि नसोचेको स्थानियले बताउछन् । एक स्थानियले भने “नेताहरु चार नम्बर जितपुरलाई रोजाई बनाउछन् काम गर्दैनन्, हाम्रो चाहना प्रदेश सांसद विष्णु पन्थीले पुरा गर्न थाल्नुभयो हामि खुसि छौ ।” हाल यो सडक नालिसहित १८ मिटर चौडाइको बन्ने छ । विस्तार हुन थालेको सडकको निरिक्षण गर्दै प्रदेश सभा सदस्य विष्णु पन्थीले भन्नुभयो “हामिले जनतालाई देखाएका वाचा पुरा गर्न तर्फ अग्रसर छौ ।” जितपुर–उप्टहवा–नन्दनर सडक बिस्तार पछि अर्घाखाँचि शितगंगाको कृषिक्षेत्र संग जोडि महत्वपूर्ण आर्थिक मार्ग बन्ने उहाँले बताउनु भयो । उहाँले यस सडक क्षेत्र भित्र पर्ने घर टहरा छिटो हटाइ सहयोग गरिदिन समेत आग्रह गर्नु भएको छ । सडक विस्तार कार्य भगवति कन्स्ट्रकसन, बुटवलले रु १८ लाख ८५ हजार २ सय ५६ रुपौंया ३१ पैसामा ठेक्का सम्झौता गरि सुरु गरेको छ ।

प्रकाशित : ३ फाल्गुन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६