जीवनशैली

अध्यक्षको मोटरसाइकल चोरी गरेको आरोपमा नाबालक पक्राउ



जनकपुरधाम ३ फागुन – धनुषाका वडा अध्यक्षको मोटरसाइकल चोरी गरेको आरोपमा एकजना नाबालक पक्राउ परेका छन् ।

विदेह नगरपालिका वडा नम्बर ४ का अध्यक्ष बिनोद गोइतमानले चढ्ने प्रदेश २–०२(००१ब(००३१ नम्बरको सरकारी मोटरसाइकल १ फागुनको राति उनको घरबाटै चोरी भएको थियो ।

शहीदनगर नगरपालिका(३ यदुकोहास्थित भट्टी चोकबाट चोरी भएको उक्त मोटरसाइकलसहित सिरहाको मिर्चेया नगरपालिका(५ बस्ने एकजना नाबालकलाई पक्राउ गरेको धनुषा प्रहरीका प्रवक्ता एवम डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिनु भयो ।

ती नाबालकलाई इलाका प्रहरी कार्यालय खजुरीको नियन्त्रणमा राखी चोरी सम्बन्धी मुद्दामा म्याद थप गरेर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : ३ फाल्गुन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६