ब्रेकिंग न्युज

लुम्बिनी प्रदेश स्थापना दिवसका अवसरमा ५७ जना प्रदेश पदकले विभूषित



दाङ ३ फागुन – लुम्बिनी प्रदेश सरकारले स्थापना दिवसका अवसरमा ५७ जनालाई प्रदेश पदकले विभूषित गरेको छ ।प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा आयोजित स्थापना दिवसको कार्यक्रममा १० वटा विधामा ५७ जनालाई विभूषित गरिएको हो । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले पदकसहित उनीहरूलाई विभूषित गरेका हुन् ।

जस अनुसार प्रदेश प्रमुख जनसेवा पदक ‘क’ बाट अर्घाखाँचीका राजु नेपाली नामले चिनिने भक्तिप्रसाद आचार्य विभूषित भएका छन् । उनी नेपालको प्रजातान्त्रिक अन्दोलनका क्रममा भारतमा दर्जनौं पटक गिरफ्तार र गणतन्त्र प्राप्तिको आन्दोलनमा सहभागी भएको भन्दै पदक प्रदान गरिएको हो ।

यस्तै, प्रदेश प्रमुख जनसेवा पदक ‘ख’ कपिलवस्तुका रामवरण यादवलाई प्रदान गरिएको छ । सोही पदक रुकुम पूर्वका प्रेम मल्ल र दिलमाया बीएमलाई प्रदान गरिएको छ । दुवैजनाले जनयुद्धका क्रममा मारिएका थिए ।

यस्तै प्रदेश प्रमुख जनसेवा पदक ‘ग’ ४ जनालाई प्रदान गरिएको छ । जसमा बांकेका माताप्रसाद कुर्मी, गुलजार खान र रोल्पाकी लली रोका र बर्दियाकी निर्मला योगी छन् ।

यस्तै, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘क’ गुल्मीका कर्णबहादुर छेत्री, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘ख’ दाङका बासुदेव गौतम र रोल्पाकी तेजकुमारी ओली, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘ग’ बर्दियाका टीकाराम थारुलाई दिइएको छ । प्रदेश सेवा समर्पण क बाट राजेन्द्र थापा, प्रदेश सेवा समर्पण ख १५ जनालाई, प्रदेश सेवा समर्पण ग दुई जनालाई प्रदान गरिएको हो ।

यस्तैगरी उजिरसिंह दीप पदक ख चार जनालाई, उजिरसिंह दीप पदक ‘ग’ दुई जनालाई, समाजसेवा श्री पदक ‘क’ १ जनालाई, समाजसेवा श्री पदक ‘ख’ आठ जनालाई, समाजसेवा श्री पदक ‘ग’ दुई जनालाई, प्रदेश रत्न पदक ‘ख’ एक जनालाई, प्रदेश रत्न पदक ग दुई जनालाई, पुथाश्री शिखर पदक ग एक जनालाई, प्रदेश प्रज्ञा पदक ख दुई जनालाई प्रदान गरिएको छ ।

प्रजापति गौतमी पदक ‘ख’ एक जनालाई, प्रजापति गौतमी पदक ‘ग’ दुई जनालाई, दंगीशरण बलिहाङ पदक ‘ख’ एक जनालाई र दंगीशरण बलिहाङ पदक ‘ग’ एक जनालाई प्रदान गरिएको हो ।

त्यस्तै स्थापना दिवसमा विशेष कार्यक्रममा सरकारका चार वर्षमा भएका प्रगति विवरण प्रस्तुत र प्रदेशको वृत्तचित्र प्रदर्शन गरिएको छ । प्रदेश सरकारको चार वर्षका उपलब्धि समेटिएको स्मारिका पुस्तक विमोचन गरिएको छ ।

यसअघि बुटवलमा मनाउँदै आएको स्थापना दिवस यस वर्ष स्थायी राजधानी दाङमा मनाइएको हो । स्थापना दिवसमा मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेशका मन्त्री र प्रदेशसभा सदस्यहरू दाङको देउखुर स्थित राप्ती प्राविधिक शिक्षालायमा आयोजित कार्यक्रममा सहभागी भएका थिए ।

प्रकाशित : ३ फाल्गुन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६