काठमाडौं ३ फागुन – आज बिहान निधन भएका साहित्यकार तारानाथ शर्माको अन्त्येष्टि गरिएको छ ।उहाँको पार्थिव शरीर पशुपति आर्यघाटमा लगेर हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिएको हो । ८७ वर्षीय शर्मा अल्जाइमर तथा अन्य विभिन्न रोगबाट पीडित हुनुन्थ्यो ।
नेपाली साहित्यमा झर्रोवादी आन्दोलनका अभियन्तासमेत रहेका शर्माका बेलायततिर बरालिँदा, घनघस्याको उकालो काट्दा लगायत कृति चर्चित छन् ।








प्रतिक्रिया