अर्थ-वाणिज्य

एमाले कपिलवस्तुका अध्यक्ष शर्मालाई पहिलो गास मै कवाफ



कपिलवस्तु ३ फागुन । नेपालमा फलानोलाई पहिलो गास मै ढुंगा शिर्षकमा धेरै समाचार प्रकासित हुने गरेका छन् । तर कसैलाई पहिलो गास मै कवाफ भन्ने समाचार प्राय विरलै आउछन् । तर कपिलवस्तुमा एमालेका नव निर्वाचित अध्यक्ष डम्मर शर्मालाई भने पहिलो गास मै कवाफ मिलेकोछ । एमाले अध्यक्षमा निर्वाचित भएको एक महिनापछिको ामा सदस्यहरुको मनोनयन र कार्य विभाजन गर्न वसेको वैठकमै नेकपा एकिकृत समाजवादीका जिल्ला कमिटी सचिव सर्बेन्द्र देव खनाल , जिल्ला नेता गोपाल भटराई र विनोद भटराई सहित विभिन्न पाटीका ११ जना नेकपा एमालेमा प्रवेश गरेसंगै यस्तो अवस्था देखिएको हो

मंगलवार बाणगंगामा भएको नेकपा एमाले कपिलवस्तुको दोस्रो पुर्ण बैठकमा बाणगंगा नेकपा एकिकृत समाजबादी पार्टी जिल्ला सचिव सर्बेन्द्र खनाल सहित ७ जना समाजवादीका जिल्ला नेता नेकपा एमालेमा प्रवेश गरेका हुन् । नेकपा एसका जिम्मेवार कार्यकर्ता अजय पान्डे, दिल्ली राज पान्डे, भिम प्रसाद भट्टराई, सन्तोष पान्डे, अमृत घिमिरे एमालेमा प्रवेश गरेका हुन् । यस्तै नेपाली काङ्ग्रेस क्षेत्र नं २ क्षेत्रीय प्रतिनिधि कृष्ण खनाल ,नेकपा माओवादी केन्द्र कृष्णनगर नगर कमिटी सदस्य एवम् कृष्णनगर उद्योग बाणिज्य संघ पुर्व अध्यक्ष श्री गुरु चरण सिंह (बन्टि) माओवादी कृष्णनगर वडा कमिटी सदस्य हिम्मत सिंह,आत्माजित सिंह, राम चन्द्र जैसवाल, समेत नेकपा एमालेमा प्रवेश गरेको एमाले कपिलवस्तुले जनाएको छ ।

विभिन्न पार्टीका जिल्ला नेताहरुलाई एमालेमा प्रबेश गराएपछि अध्यक्ष शर्माले एमालेको राष्ट्रब्यापी जनलहरले कपिलवस्तुलाई समेत छपक्कै छोपेको वताउनु भयो । यो पहिलो इनिङ हो अझै धेरै ठूला उपलब्धी हासिल हुन वाँकी नै उहाले भन्नु भएको छ ।

प्रकाशित : ३ फाल्गुन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६