खोज–अनुसन्धान

चुनाव सार्न सत्ता गठबन्धनका २ हतकण्डा : बिष्ट




बुटवल ४ फागुन । नेकपा एमालेका सचिव गोकर्ण विष्टले गठबन्धन सरकार संबैधानिक अराजकता र राजनितीक अस्थिरता पैदा गर्न लागेको आरोप लगाएका छन्।गठबन्धन सरकारले प्रधानन्याधिस विरुद्ध महाअभियोगको प्रस्ताव ल्याएर देशमा अस्थिरता र संबैधानिक अराजकता पैदा गर्न लागेको बुटवलमा नेकपा एमाले ईस्मा–रुपन्देही सम्पर्क कमिटिको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बिष्टले भने ।उनले निर्वाचन सार्ने सडयन्त्र अनुसार प्रधानन्याधिस चोलेन्द्र समशेर राणा विरुद्ध महाअभियोग प्रस्ताव ल्याइएको दावी गरे ।चोलेन्द्र शमशेर राणाप्रति एमालेको व्यक्तिगत कुनै मोह नभएको र गुणर अगुण बारे प्रचार गर्नु जरुरी नभएपनि महाअभियोग सत्तागठबन्धनको निर्वाचन सार्ने सडयन्त्र पुर्वक आएको हो बिष्टले भने

एकसाता अघि प्रधानमन्त्री शेर बहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसंगको भेटमा महाअभियोग बारे केही नबोलेको बताउंदै महाअभियोगको प्रक्रिया लम्बाएर निर्वाचन सार्ने गठबन्धन सरकारको कदम रहेको उनले बताए ।नेकपा एमालेका विरुद्धका चाल्ने कदमलाई पराजित गर्न, संविधानको मुल्य र मान्यता जोगाउन, संबैधानिक अंगको गरिमालाई जोगाउनका लागि चालिने कदममा एमाले पछि नपर्ने स्पष्ट पारे।अदालतलाई प्रयोग गरेर राजनितिक प्रतिसोध लिने र राजनितिक परिणाम प्राप्त गर्ने दुरासएका साथ गठबन्धन सरकार अघि बढेको बताउँदै गठबन्धन सरकारले नजर अदालततिर लगाएर निशाना अर्को तिर लगाएको त्यसलाई एमालेले असफल बनाउने छ उनले भने।
गठबन्धनका दलहरुसंग जनतामा स्थापित हुने कुनै कार्यक्रमहरु नभएकाले अहिलेपनि माओवादी, समाजबादी दल चुनावसम्म गठबन्धनमा चाहेको बताउदै माओवादी, कांग्रेस, समाजबादीसंग जनताको जीवनलाई बदल्ने, रुपान्तरण गर्ने, परिर्वतन गर्ने ठोस प्रकारका कार्यक्रमहरु नभएको उनको भनाई छ।एमालेसंग एक्लाएक्लै चुनाव लड्ने तागत कांग्रेससंग समेत नभएको भन्दै उनले गठबन्धन मिलेर आएपनि एमाले एक्लैले पराजित गर्ने बताए।

प्रकाशित : ४ फाल्गुन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६