अर्थ-वाणिज्य

विप्लव सहितका ६ दलिय मोर्चाको बन्द:सडकमा विहानैवाट देखियो प्रभाव




कपिलवस्तु ४ फागुन ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) विप्लव समुह सहितका ६ दलिय मोर्चाको आज गरिएको बन्द आवहानसंगै पूर्व पश्चिम राजमार्ग सडकमा आज विहानैवाट छिटफूट रुपमा मात्र माल वहाक साधन चलेका छन् । आवहान कर्ताहरु विहानको चिया खाजासंगै सडकमा आउन थालेका छन् । क्रमश यातायातको चहल पहल घटदै जान थालेको छ । यता नेपाल बन्दको पूर्वसन्ध्यामा जिल्लाको चन्द्रौटा बजार र इमलियामा मसाल जुलुस प्रदर्शन गरेको हो ।
शान्तिपूर्ण मसाल जुलुसको क्रममा चन्द्रौटामा प्रहरीले हस्तक्षेप गरेको नेकपा केन्द्रीय सदस्य एवम् कपिलवस्तु-अर्घाखाँची इन्चार्ज जुझारुले बताए । उनले जिल्लाका सम्पूर्ण सरोकारवालाहरूलाई बन्द सफल पार्न सहयोग गर्न अपिलसमेत गरे ।नेपाल बन्दको क्रममा फागुन ४ गते जिल्लाका सम्पूर्ण उद्योग, कलकारखाना, यायातात, शैक्षिक संस्था, बजार क्षेत्र बन्द रहने नेकपा कपिलवस्तुले बताएको छ ।

बन्दको क्रममा अत्याश्यक एम्बुलेन्स, शबवहान, दुधको गाडी, दमकल प्रेस भने निर्बाध रुपले चल्ने बताइएको छ ।नेकपाले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा निरन्तर सङ्घर्ष गर्दै आएको छ । सरकारले फागुन ४ गते बस्ने संसद् बैठकमा एमसीसी सम्झौता पास गर्ने तयारी गरेको बेला नेकपाले बन्दको आह्वान् गरेको हो ।यता विप्लव लगाएतले बन्द गर्ने जनाएपछी सुरक्षा संयन्त्र समेत बढाईएको छ
अमेरिकी सहयोग परियोजना एमसीसी को विरोधमा भोली नेपाल बन्द हुने भएको हो ।विभिन्न ६ दलीय मोर्चाले एमसीसीको विरोधमा बुधबार नेपाल बन्द गरेका हुन् ।नेपाल कम्युनिष्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी, देशभक्त गणतान्त्रिक मोर्चा, नेपाल, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी केन्द्र समाजवादीले बन्द आह्वान गरेका हुन् ।राष्ट्रघाती एमसीसी सम्झौता अनुमोदनको तयारी भइरहेको बेला यसको विरोधमा बन्द आह्वान गरिएको नेता सीपी गजुरेलले बताए ।तस्वीर :संचार केन्द्रवाट

प्रकाशित : ४ फाल्गुन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६