खोज–अनुसन्धान

बुटवलवाट विप्लव समुहका ९ कार्यकर्ता पक्राउ




बुटवल ४ फागुन, । बुटवलवाट विप्लव समुहका ९ जना कार्यकर्ता पक्राउ परेकाछन् । एमसीसी नेपाल कम्प्याक्ट खारेजीको माग गर्दै विप्लव नेतृत्वको नेकपासहित पाँच दलीय मोर्चाद्वारा आह्वान गरिएको नेपाल बन्दका क्रममा ९ जना पक्राउ परेका छन् ।प्रहरीले बुटवल बसपार्कबाट विप्लव नेतृत्वको नेकपा रुपन्देहीका जिल्ला सदस्य नवीन थारु (नाथु), नेकपा क्रान्तिकारी माओवादीका नेता प्रेम सुवेदीसहित ९ जनालाई गिरफ्तार गरेको हो ।प्रहरीले विप्लव समूहको युवा संगठन नेपालका केन्द्रीय सदस्य एवम् रुपन्देही जिल्ला इन्चार्ज सन्तोष सुवेदी, माधव न्यौपाने, रामबहादुर थारु, नेकपा क्रान्तिकारी माओवादीका प्रगति राना, राजु भुजेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका शशी विक,तुलराज विकलगायत नेता कार्यकर्तालाई पनि पक्राउ गरेको छ ।उनीहरूलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । एमसीसीको विरोध गर्दै नेकपासहितका पाँच दलीय मोर्चाले गरेको बन्दको प्रभाव रुपन्देही र आसपासका जिल्लामा आंशिकरुपमा परेको छ । बन्दका कारण निजी र सरकारी विद्यालयहरू बन्द छन् ।

प्रकाशित : ४ फाल्गुन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६