प्रदेश

एमसीसी परिमार्जन गरेर मात्रै पास गर्नुपर्छः नेता गुरुङ



काठमाण्डौ,०४ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले एमसीसी संशोधन–परिमार्जन गरेर मात्रै पास गर्नुपर्ने बताउनुभयो । आज बुधवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै उहाँले एमसीसीको विषयलाई संसदमा राष्ट्रिय सहमतिअनुसार टेबल गराइ छलफल गर्नुपर्ने बताउनुभयो ।

नेता गुरुङले संसदमा अवरोध भएकाले एमसीसीको विषय विधिको शासनलाई कार्यान्वयन गरेर संसदमा राष्ट्रिय सहमतिअनुसार टेबल गर्नुपर्ने बताउनुभयो । उहाँले संसद् नचलेसम्म कुनै पनि राष्ट्रिय एजेन्डा संसदमा टेबुल गर्न नमिल्ने तर्क गर्नुभयो ।

सांसद गुरुङले भन्नुभयो, ‘राष्ट्रिय हित प्रतिकूलका प्रावधानहरू रहेका हुनाले एमसीसी संशोधन र परिमार्जनका लागि पहल गरौँ । वार्ता गरौँ, कुराकानी गरौँ । जति संशोधन, परिमार्जन गर्न सकिन्छ, त्यो प्रयास गरौँ । त्यसको आधारमा राष्ट्रिय सहमति जुटाउने कोसिस गरौँ । त्यही राष्ट्रिय सहमतिको आधारमा अघि बढौँ । एमसीसी तत्काल टेबुल गर्नलाई सहमति जुटेकै छैन । दोस्रो कुरा संसदमा अवरोध छ । संसद् नचलेको अवस्थामा कुनै पनि विधेयक, सन्धि, सम्झौता जस्ता एजेन्डा अघि बढ्दैन । अहिले हामी सरकारमा छौँ भनेर एउटा कुरा गर्ने, भोलि प्रतिपक्षमा हुँदा अर्को अभ्यास गर्ने कुरा आउँदैन । प्रतिपक्ष वा सरकारमा भए पनि विधिको शासनलाई पालना गर्नुपर्छ । नाम विधायिका भन्ने अनि विधिको मान्यतालाई नमान्ने रु सदन खुलिसकेपछि एजेन्डाको सन्दर्भमा सहमति गर्ने कुराको सन्दर्भमा पनि संविधानसम्मत, विधि, कानुनसम्मत, ऐन र परम्परागत अभ्याससम्मत विषयहरूको सन्दर्भमा एजेन्डा आइसकेपछि सहज ढङ्गले सभामुखले प्रक्रिया अघि बढाउनुहुन्छ । संविधानलाई नै प्रभावित पार्ने खालका विषयहरू टेबुलमा लैजान पनि राष्ट्रिय सहमति गर्नुपर्छ ।’

प्रकाशित : ४ फाल्गुन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६