जीवनशैली

एमसीसी फिर्ता गर्नुपर्ने मागसहित नेपाल बन्द आह्वान गर्दै हिँडेका दर्जनौं पक्राउ



काठमाडौं ४ फागुन – अमेरिकी सहयोग परियोजना (एमसीसी) फिर्ता गर्नुपर्ने मागसहित नेपाल बन्द आह्वान गर्दै हिँडेका दर्जनौंलाई प्रहरीले पक्राउ गरेको छ ।राजधानीका विभिन्न ठाउँमा प्रदर्शनमा सहभागी नेता कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो । विभिन्न ६ दलीय गठबन्धनले आज नेपाल बन्दको आह्वान गरेको थियो ।

पार्टीको घोषित कार्यक्रम अनुसार बन्द गराउन हिँडेका नेता कार्यकर्ताहरु पक्राउ परेका हुन् ।वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको भ्रातृ संगठन अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले आफूसहित ५५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताए ।

उनका अनुसार अहिले प्रदर्शनकारीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ । उनीहरुमध्ये अधिकांशलाई विजुलीबजार पुलबाट नियन्त्रणमा लिइएको हो ।

नेकपा एकीकृत निकट भ्रातृ संगठन अनेरास्ववियूका नेता कार्यकर्ताहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । एमसीसीको विरोधमा प्रदर्शन गर्दै हिँडेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित : ४ फाल्गुन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६