अर्थ-वाणिज्य

लुम्विनी प्रदेश सरकारद्वारा जटिल रोगको उपचार खर्च दिने निर्देशिका पारित




कपिलवस्तु ४ फागुन । तीन प्रकारका जटिल रोगको उपचारमा दुई/ दुई लाख रुपैयाँ सहयोग गर्नेगरी लुम्बिनी प्रदेश सरकारले निर्देशिका तयार गरेको छ । निर्देशिका बनेलगत्तै क्यान्सर, मृगौला प्रत्यारोपण र मुटुको भल्भ फेर्नुपर्ने अवस्थाका बिरामीलाई २ लाख रुपैयाँ उपलब्ध गराउनेगरी प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ तयार गरेको हो । बजेटमार्फत ल्याइएको उक्त सुविधाको कार्यान्वयन लुम्बिनी प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय मार्फत भएको मन्त्रालयका सचिव विकास देवकोटाले बताए । उपचार सुविधा पाउने बिरामी लुम्बिनी प्रदेशको बासिन्दा हुनुपर्ने मापदण्ड छ । बिरामीले आफू लुम्बिनीको बासिन्दा भएको सिफारिस पत्र पेश गर्नुपर्ने छ । सिफारिस समितिमा स्थानीय तहको उपप्रमुख वा उपाध्यक्ष संयोजक, प्रमुख प्रशासकीय अधिकृत सदस्य र स्वास्थ्य सेवा महाशाखा वा शाखा प्रमुख सदस्य सचिव रहनेछन् ।

बिरामीले रकम लिन रोग पहिचान गर्ने चिकित्सकको सिफारिस, उपचाररत भए उपचार गरिरहेको अस्पताल वा स्वास्थ्य संस्थाको नाम, नागरिकताको प्रमणपत्र , सूचिकृत अस्पतालको विवरण लगायत पेस गर्नुपर्ने छ । यसअघि संघीय सरकारले जटिल खालका ८ रोगका बिरामीको उपचारमा सुविधा दिन थालेको छ । संघीय सरकारबाट सुविधा लिइरहेका बिरामीले पनि प्रदेश सरकारको उपचार सुविधा पाउने कार्यविधिमा उल्लेख छ ।

प्रकाशित : ४ फाल्गुन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६