जीवनशैली

बढयो मानव बेचबिखन अपराध ,७ महिनामै ८६ वटा मुद्दा दर्ता



काठमाडौं ४ फागुन -अन्य अपराधसँगै चालू आर्थिक वर्षको माघ महिनासम्मको तथ्याङ्कले मानव बेचबिखन अपराध बढेकाे देखाएको छ।नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्यूरोले उपलब्ध गराएको तथ्याङ्कअनुसार यो आर्थिक वर्षको ७ महिनामा ८६ वटा मुद्दा दर्ता भएका छन् ।

पहिला-पहिला मानव बेचबिखन भन्नेबित्तिक्कै भारतमा सीमित भनी बुझ्ने गरिएकोमा अहिले त्यसको स्वरूप नै बदलिएको छ ।तस्करहरूले भारतीय नाका भएर तेस्रो मुलुकमा मानव वेचबिखन तीव्र बनाएका छन् ।

तस्करहरूले अफ्रिकीदेखि खाडी मुलुकतिर बढी लाने गरेको ब्यूरोको तथ्याङ्कले देखाउँछ । मानव तस्करहरूबाट पीडित हुनेहरूमा अधिकांश १८ देखि ४० वर्ष उमेर समूहका रहेको प्रहरीको मानव वेचबिखन अनुसन्धान ब्यूरोका प्रखुम टेकप्रसाद राई बताउनुहुन्छ ।

यो वर्ष १ सय १५ महिला र ४ जना पुरुष पीडित बनेका छन् । ७८ पुरुष र २२ महिलालाई मानव बेचबिखन अपराधमा पक्राउ गरी मुद्दा चलाइएको ब्यूरोले जनाएको छ ।

पहिला यस्ता मानव तस्करहरू गाउँ-गाउँमा पुगेर त्यहाँका किशोरीदेखि अधबैंशे महिलालाई विभिन्न प्रलोभनमा पारी भारत पुर्‍याइ कोठीमा बिक्री गर्ने गर्दथे । तर, आजभोलि शैली फेरेर सूचनाको श्रोत सामाजिक सञ्जाललाई बनाइने गरिएको छ । यो सूचक झन् जोखिमपूर्ण बनेको प्रमुख राईकाे भनाइ छ ।

मानव तस्करहरूले नाका र भिजिट भिषा दुवै उपयोग गर्दै आएका छन् । सरकारले विभिन्न संघ-संस्थामार्फत बेचविखन कतिले खुल्ला सीमाको प्रयोग गरेर भारत हुँदै त कसैले भिजिट भिसामा हवाइ मार्ग प्रयोग गरेर विदेश पुर्‍याएर बेच्ने गरेको छ ।

ब्यूरोले सरोकारवाला संघसंस्थासँग सहकार्यगरी विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको राई बताउनुहुन्छ ।

मानव बेचबिखन मानव सभ्यताकै लागि कलङ्क हो । अझ हाम्रो जस्ता गरिब मुलुकका लागि बेचबिखनको जालोले राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रलाई नै प्रभावित गर्ने गरेको छ । त्यसैले साझा समस्या बनेको यसतर्फ सबैको ध्यान पुग्न जरुरी छ ।

प्रकाशित : ४ फाल्गुन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६