अन्तर्राष्ट्रिय

प्रचण्डले देउवालाई भेटेरै भने माओवादी अव सरकारमा रहन सकेन



काठमाडौं ४ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनमा साथ दिन नसकेको भन्दै सरकार छाड्ने बताएका छन् । यससँगै बुधबार प्रतिनिधिसभा बैठकमा एमसीसी अनुमोदनका लागि टेबल गर्ने तयारी रोकिएको छ ।बुधबारको प्रतिनिधिसभा बैठकमा एसीसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने प्रधानमन्त्री देउवाको जोडबल थियो । सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई मनाउन उनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग ल्याउने प्रस्तावमा सहमति गरे ।
प्रचण्ड र नेपालको साथ पाएपछि प्रधानमन्त्रीले सभामुख अग्निप्रसाद सापकोटालाई एमसीसीलाई बुधबारको बैठकको एजेण्डा बनाउन दबाब दिएका थिए । बुधबार टेबल गर्ने र बिहीबार बैठक राखेर सत्तारुढ माओवादी र एकीकृत समाजवादीका सांसदहरु अनुपस्थित हुँदा प्रमुख विपक्षी एमालेका सांसदहरुको नाराबाजीकै बीच एमसीसी अनुमोदन गर्ने उनको योजना थियो ।तर संसद बैठक अघि बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्रीको योजना बिथोल्यो । माओवादीले संसद अवरुद्ध भएको बेला एमसीसी टेबल गर्न नहुने मात्र बताएन, जबरजस्ती गरिए विपक्षमा मत दिने बतायो ।
संसदीय दलको बैठकलगत्तै माओवादी अध्यक्ष प्रचण्ड बालुवाटार पुगे । प्रधानमन्त्री देउवालाई पार्टीको निर्णय सुनाउँदै उनले भनेका छन्, ‘म सांसदहरुको घेराबन्दीमा परे, मैले सक्दै सकिनँ । कोशिश गर्दा पनि नसकेका हुँदा सरकारमा बस्नु उपयुक्त हुन्न, सरकार छाड्छौं ।’प्रचण्ड त्यतिमा मात्र रोकिएनन्, एमसीसी टेबल गरिए विपक्षमा मत दिने समेत बताएका छन् ।प्रधानमन्त्रीले नेताहरुलाई बताएअनुसार सरकार छाड्ने प्रचण्डको प्रस्ताव अस्वभाविक थियो । यद्यपि एमसीसी पास फेल जे भए पनि संसदमा टेबल गर्न दिनुपर्नेमा जोड दिएको बालुवाटार निकट स्रोत बताउँछ ।
प्रचण्डले संसदमा अवरोध कायमै रहेको र सत्तारुढ गठबन्धनमा छलफल नभएको बताए । यदि आफूहरुको सहमति विना टेबल गर्न खोजे तत्काल सरकार छाड्ने उनको चेतावनी थियो । त्यसपछि देउवा गठबन्धनको बैठक बोलाउन तयार भए ।प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारका अनुसार भोलि बिहीबार दिउँसो ३ बजे गठबन्धनको बैठक बोलाइएको छ ।कांग्रेस नेताहरुका अनुसार त्यो बैठकमा प्राधनमन्त्री एवं पार्टी सभापतिको जोड एमसीसी टेबल गर्नेमा हुनेछ । एक पदाधिकारी भन्छन्, ‘सरकारको प्रस्ताव संसदमा छिर्नै नपाउने भन्ने पनि कहिँ हुन्छ रु टेबल गरेपछि विपक्षमा मत दिने कि अनुपस्थित हुने उहाँहरुको कुरा भयो । तर सरकारले एमसीसी टेबल गर्न पाउनुपर्छ भन्ने हाम्रो पार्टीको अडान हो, भोलि पनि त्यही भन्छौं ।’

प्रकाशित : ५ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६