प्रदेश

सामाजिक एकता पार्टी नामक दल निर्वाचन आयोगमा दर्ता



काठमाण्डौ, ०५ फागुन । सामाजिक एकता पार्टी नामक दल निर्वाचन आयोगमा दर्ता भएको छ । सिबी गहतराजको अध्यक्षतामा गठन गरिएको यो पार्टीलाई आज बिहीवार निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र औपचारिक रूपमा दिएको हो ।

यही फागुन ३ गते बसेको निर्वाचन आयोगको बैठकले यो दल दर्ताको प्रमाणपत्र दिने निर्णय गरेको थियो । धर्म निरपेक्षताको पक्षधरताको रूपमा खडा भइ संविधानको रक्षा गर्ने र देशमा विद्यमान सबै खालको सामाजिक विभेदको अन्त्य गरी देशलाई समृद्ध बनाउन लागिपर्ने मुख्य उद्देश्यका साथ निर्वाचन आयोगमा पार्टी दर्ता गरिएको अध्यक्ष गहतराजले बताउनुभयो । उहाँले धर्म निरपेक्षताका पक्षधर सबैलाई यो पार्टीमा समाहित हुन पनि आग्रह गर्नुभयो ।

अध्यक्ष गहतराजले पार्टीले प्रारम्भमा वडा तहबाटै हुने गरेका धार्मिक विभेद अन्त्य गर्ने अभियानलाई सञ्चालन गर्ने बताउनुभयो ।

प्रकाशित : ५ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६