काठमाण्डौ, ०५ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी सम्झौता संसदमा टेबल गर्ने र आउने नतिजा स्वीकार गरी अघि बढ्ने बताउनु भएको छ ।
‘पास हुन्छ कि फेल हुन्छ ? थाहा छैन । हामीले पार्टी र संसदीय दलबाट सर्वसम्मतरुपमा पास गर्ने निर्णय गरिसकेका छौँ, त्यसका लागि मैले पहल गरिरहेको छु,’ देउवाले भन्नुभएको छ ।
बालुवाटारमा नेता अर्जुननरसिंह केसीको पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’को विमोचन गर्दै प्रधानमन्त्री देउवाले एमसीसीका पक्षमा उभिन डराउनु नपर्ने बताउनु भएको हो । (राससं)
प्रतिक्रिया