कपिलवस्तु ५ फागुन ।नेकपा (एकीकृत समाजवादी) कपिलवस्तुको सचिवमा ओमप्रकाश कुर्मीले जिम्मेवारी पाउनुभएको छ । जिल्ला कमिटीको उप–सचिव रहनुभएका कुर्मीले विहीबारको जिल्ला सचिवालय बैठकबाट सचिवको जिम्मेवारी पाउनुभएको हो ।शिवराज नगरपालिकामा स्थायी बसोबास गर्दैै आउनुभएका कुर्मी मधेसी समुदाय बीच लोकप्रिय हुनुहुन्छ । ०५४ मा उहाँ वडा अध्यक्षमा तत्कालिन एमालेबाट निर्वाचित हुनुभएको थियो ।
पछि एमालेको क्षेत्र नं. ५ को क्षेत्रिय अध्यक्ष रहनुभएका उहाँ पार्टीको विभिन्न तहमा रही काम गर्दै आउनुभएको थियो । ०७७ पुस ५ गते केपी ओलीले संसद विघटन गरे पछि प्रतिगमन विरुद्ध लाग्नुभएका कुर्मी भदौमा एकीकृत समाजवादी गठन भएपछि यतै लाग्नुभएको थियो ।
यस्तै जिल्ला कमिटी उप सचिवको जिम्मेवारी कमल भट्टराईले पाउनुभएको छ । यसभन्दा अगाडी जिल्ला सचिवालय सदस्य रहनुभएका भट्टराई युवा बैचारिक नेता हुनुहुन्छ । अनेरास्ववियूबाट केन्द्रसम्म पुग्नुभएका भट्राई सिद्धार्थ क्याम्पसको पूर्व स्ववियू सभापति पनि हुनुभएको थियो
प्रतिक्रिया