अर्थ-वाणिज्य

कपिलवस्तु कांग्रेसले गर्यो स्वतन्त्रता सेनानी परिवारलाई १ लाख सहयोग



कपिलवस्तु ५ फागुन -बैकबाट लिएको रिन तिर्न नसके पछि घर लिलाम प्रकृया अघि बढाए पछि कांग्रेस कपिलवस्तुले कपिलवस्तु नगरपालिका वडा नम्बर १ मस्जिद टोलका स्वतन्त्रता सेनानी स्वर्गीय अब्दुल रंगरेजको परिवारलाई एक लाख सहयोग गरेको छ । रंगरेका छोरा जाबेदलाई सो सहयोग तौलिहवा स्थित कांग्रेस पार्टी कार्यालयमा सो रकमको चेक हस्तान्तरण गरिएकोे हो ।यस्तै पार्टी कार्यालयमा बिगतमा काम गरेका कार्यालय सहयोगी अनिरुद्ध कहारका श्रीमतिको काजक्रियाकालागि १० हजार सहयोग गरिएको छ । अनिरुद्धको यस अघि नै मृत्यु भएको थियो ।

अति बिपन्न परिवार भएकाले उनका परिवारलाई सहयो गरिएको पार्६ीले जनाएको छ । लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्र राज आचार्य पार्टी जिल्ला सभापति अब्दुल कलामले सो रकम हस्तान्तरण गरेका थिए । १ लाखको चेक पाएर खुशी भएका जाबेदले पार्टीले आफनो बुवाको केही भए पनि योगदानका कदर गर्दै एक लाख सहयो गरेकोमा धन्यबाद दिए ।

‘ आपत परेको बेला पार्टीले सहयोग गरेको छ, यसले घर लिलामीको प्रकृया केही महिनाकालागि भए पनि रोकिएको छ ’ उनले भने । उनले पार्टीले नेता कार्यकतोको सही मूल्यांकन गर्र्नु पर्ने बताए ।

सो अवसरमा प्रदेश महामन्त्री आचार्यले पीडामा रहेका स्वतन्त्र सेनानीको परिवारलाइ केही भए पनि मलम लागाउने पार्टीले काम गरेको बताए । उनले पार्टीमा योगदान दिएका र पीडामा रहेको नेता कार्यकर्ताको पार्टीले मूल्यांकन गर्ने बताए । पार्टी जिल्ला सभापति अब्दुल कलामले पीडामा रहेको पार्टीका २ पुराना कार्यकर्ताहरुलाई केही भए पनि सहयोग गर्न पाएकोमा खुशी लागेको बताए । ‘ आगामी दिनमा पनि हामीले यस्ता सहयोग र रचनात्मक काम गर्नेछौ ’ उनले भने ।

प्रकाशित : ५ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६