कपिलवस्तु ६ फागुन । गृहमन्त्री वालकृष्ण खाणको चाहानामा लुम्विनी प्रदेशको एक जिल्ला रुकुम पुर्वसहितका ५ जिल्लाका सिडियोहरु हेरफेर भएकाछन् । जस अनुसार गृह मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी सिडिओ हेरफेर गरेको छ । नुवाकोट, धनकुटा, हुम्ला, रुकुम पूर्व तथा जाजरकोटका सिडिओको सरुवा भएको हो ।
धनकुटामा युवराज कट्टेल, नुवाकोटमा नारायणप्रसाद रिसाल, हुम्लामा सीता परियार, रुकुम पूर्वमा कृष्ण खड्का तथा जाजरकोटमा गणेश शाहीलाई पठाइएको छ । नियमित सरुवाअन्तर्गत नै केही जिल्लाका सिडिओ हेरफेर भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।








प्रतिक्रिया