प्रदेश

जनतालाई शुद्ध खानेपानिको पहुँचबाट बञ्चीत गराउने छैनौंः बाणगंगा




हरि घिमिरे, ०६ फागुन
कपिलबस्तुको बाणगंगा नगरपालिकाका उप–प्रमुख चक्रपाणि अर्यालले बाणगंगाका जनतालाई शुद्ध खानेपानिको समुचित व्यवस्था छिटै हुने बताउनु भएको छ । उहाँले उपभोत्ता समिति र नगरको सहकार्यमा खानेपानीको शुद्धता जाँच र प्रविधिको विकासका लागि नगरपालिको क्रमस बृद्धि गर्दौ लौजाने बताउनु भएको छ । खानेपानी उपभोत्ता समितिको गुनासाको जवाफमा उहाँले यस्तो बताउनु भएको हो । त्यस्तै प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले नगरका जनतालाई शुद्ध खानेपानीको पहुँचमा पु¥याउने दाईत्व नगरपालिकाले बहन गर्ने बताउनु भयो । विहिवार बाणगंगा नगरपालिका भित्रका खानेपनी उपभोत्ता समितिहरु संगको छलफलमा पन्थीले यस्तो बताउनु भएको हो । पन्थीले खानेपानी उपभोत्ताका पदाधिकारी हरुले नगरपालिकालाई दिएको सुझाव नोट गर्दै भन्नु भयो “ अहिले सम्म जे भएतापनि आगामि दिनको जिम्म हामिले लिन्छौं, नगरपलिका वासिलाई खानेपानि तथा सरसफाई उपभोत्ता समितिको समन्वयगरि शुद्ध खानेपानी खुवाउन्छौं ।” यस्तै उहाँले खानेपानी जस्ता संस्थाहरुले समयमा अधिवेसन, साधारण सभा गर्ने, समयमै लेखा प्रणालि चुस्त राख्ने अडिट गर्ने र संस्थालाई बलियो बनाउन तर्फ लाग्न उपभोत्ता समितिलाई आग्रह गर्नु भएको छ । उपभोत्ताले खानेपानि तथा सरसफाइमा ध्यानदिए नगरको मुहार फेरिन कुनै कठिनहुने जानकारी दिनुभयो । नगरपालिकाले खानेपानी शुद्धता चेक जाँचका लागि किट सहितको प्रविधिक टोलि संस्थाहरुमा पठाउने बतईएको छ । त्यस्तै निर्माणाधिन अवस्थामा रहेका खानेपानी संस्थाका कामहरु छिटै सम्पन्न लाग्ने जनाईएको छ । बाणगांमा भएका २१ वटा खानेपानि संस्थालाई पन्थीले सुझाव संकलनका लागि आफौ नगरपालिकामा बोलाउनु भएको थियो ।

प्रकाशित : ६ फाल्गुन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६