काठमाडौँ, ०६ फागुन । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक फेरि स्थगित भएको छ ।
फागुन ८ र ९ गतेलाई बोलाइएको बैठक आगामी फागुन २० गतेसम्मलाई स्थगित भएको हो ।
विशेष राजनीतिक परिस्थितिका कारण बैठक स्थगित गर्नुपरेको माओवादी केन्द्रका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।
माओवादी केन्द्रले अमेरिकी परियोजना एमसीसी, स्थानिय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्न आइतबारका लागि बैठक आह्वान गरेको थियो।
प्रतिक्रिया