प्रदेश

एमसीसी कि गठबन्धन एउटा रोज्नुपर्छ शेरबहादुरजीलेः शशांक कोइराला




काठमाडौं, ०६ फागुन । नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले प्रधानमन्त्रीसामु सत्ता गठबन्धन कि एमसीसी एक रोज्नुपर्ने अवस्था आएको बताएका छन् ।

शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्दा सत्ता गठबन्धन टुट्न सक्ने बताए ।

‘एमसीसी पास गराउने कि सत्ता भन्ने विकल्प शेरबहादुरजीले रोज्नुपर्छ’ उनले अघि भने, ‘एमसीसी पास गरौं भने सत्ता गठबन्धन टुट्ने सम्भावना देख्छु, गठबन्धन राख्ने हो भने एमसीसी छोड्नुपर्‍यो । दुईमध्ये एक हुनसक्छ ।’

प्रकाशित : ६ फाल्गुन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६