जीवनशैली

कपिलवस्तुमा पोखरीमा डुबेर दुई बर्षीय बालकको मृत्यु



कपिलवस्तु ६ फागुन -कपिलवस्तुमा पोखरीमा डुबेर दुई बर्षीय बालकको ज्यान गएको छ ।जिल्लाको महाराजगंज नगरपालिका ११ बिजयनगर स्थित एन.आर एस इँटाभट्टामा काम गर्ने कैलाली टिकापुर नगरपालिका २ विजयनगर घर भएका शंकर चौधरीका २ बर्षीय छोरा सुहिर चौधरीको मृत्यु भएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

बुद्धभुमि नगरपालिका ७ डेरुवास्थित इँटा उद्योगको कम्पाउण्डभित्र रहेको पोखरीमा बिहीबार बालकको शव मृत अवस्थामा फेला परेको हो । गत आइतबारदेखि हराएका सुहिरको खोजी गर्ने क्रममा उक्त पोखरीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रकाशित : ६ फाल्गुन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६