कपिलवस्तु, ६ फागुन ।लायन्स 325 B2 को १० औँ अधिवेशन भोलि शनिबार चितवनमा हुंदैछ । जसका लागि नयाँ नेतृत्व चयनका लागि मतदान गर्न लायन्स क्लव अफ कपिलवस्तुको टोली प्रस्थान गरेको छ । जोन चियर पर्सन सुरेन्द्र घिमिरेको नेतृत्वमा लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष धातानन्द भुसाल, लायन्स क्लव अफ लर्ड बुद्ध चन्द्रौटाका अध्यक्ष शिवराज सापकोटा, लायन्स क्लव अफ शिवराजका अध्यक्ष कमल पाण्डे, लायन्स क्लव अफ बाणगंगाका अध्यक्ष रमेश चन्द्र भुसाल, लायन्स क्लव अफ कपिलवस्तु दिदीबहिनीका अध्यक्ष सबिता सापकोटा लगायत १३ जनाको टोली चितवन प्रस्थान गरेको छ ।लायन्सको डिस्ट्रिक गर्भनरका लागि नवराज न्यौपाने र उमंग देवकोटा चुनावी मैदानमा होमिएका छन् । कपिलवस्तुमा अहिले लायन्सको माध्यमबाट ९ वटा क्लवले सामाजिक तथा मानवीय कार्य गर्दै आएका छन् ।
६ फाल्गुन २०७८, शुक्रबार
प्रतिक्रिया