खोज–अनुसन्धान

सुरक्षा गार्डमाथि चक्कु प्रहार गर्ने एक व्यक्ति पक्राउ



काठमाडौँ ६ फागुन – काठमाडौँको बुढानीलकण्ठमा विद्यालयका सुरक्षा गार्डमाथि चक्कु प्रहार गर्ने एक जना पक्राउ परेका छन् ।बुढानीलकण्ठ नगरपालिका–५ विष्णुमति डेरा गरी बस्ने १९ वर्षीय निमा लामालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।विद्यालय हातामा अमर्यादित क्रियाकलापमा संलग्न रहेको लामाले बुढानीलकण्ठ नगरपालिका–३ घर भई बुढानीलकण्ठ माध्यमिक विद्यालयमा कार्यरत सुरक्षा गार्ड रेशमबहादुर नेपालीमाथि चक्कु प्रहार गरेका थिए ।नेपालीको तिघ्रा, पेट, ढाडलगायत शरीरका भागमा चक्कु प्रहार भएको छ । उनको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : ६ फाल्गुन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६