अन्तर्राष्ट्रिय

भैरहवावाट दिउसोका आन्तरीक उडान १० दिनकालागि प्रभावित



भैरहवा ७ फागुन । गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलवाट दिउसो ११ देखि ५ वजे सम्मका आन्तरीक उडान १० दिनकालागि प्रभावित भएका छन् । बहुप्रतिक्षित क्यालि ब्रेशन फ्लाईट् शुक्रबारबाट सुरु भएसंगै आन्तरीक उडान प्रभावित भएका हुन् । करिब १० दिन सम्म चल्ने यो उडानको लागि एरो थाईको प्राविधिक सहितको विशेष बिमान बिहिबार भैरहवा आई पुगेको हो । विशेष बिमानले भर्खर निर्माण सम्पन्न भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा कम्युनिकेशन, नेगिभेसन र सर्विलान्स चेकजाँच गरि बिमानस्थल उडान योग्य रहे नरहेको रिपोर्ट पेश गर्नेछ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको आईसीबी–२ का परियोजना प्रमुख प्रविण न्यौपानेले बिमानस्थलको भौतिक पूर्वाधारको काम सम्पन्न भई उपकरण जडानको काम सकिएको जनाए ।फाईनल टेष्टिङ र कमिश निङको लागि ग्राउण्ड टेष्ट सकिएको र फ्लाईट टेष्ट गर्नको लागि एरो नटिकल रेडियो अफ थाईलैण्ड (एरोथाई) को फ्लाईट चेक एयरक्राफ्टले काम थालेको उहाले बताउनुभयो ।क्यालिब्रेसन फ्लाइट भनेको विमानस्थलको ग्राउन्ड र जहाजबीचको सूचना आदानप्रदान सही छ, छैन भनेर जाँच गर्ने हो ।
यसैको लागि पाईलट, को–पाईलट सहित सात जना सहित विशेष बिमानले काम थालेको छ । यसले विमानस्थललाई केन्द्रित गरेर उडान गर्नेछ । उडानका क्रममा एन्टिना, सिग्नल रिसिभ, लाइटिङ, कम्युनिकेशन लगायत सबै सूचना ठीक छ छैन भनी परीक्षण हुनेछ ।

प्रकाशित : ७ फाल्गुन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६