रुपन्देही ७ फागुन । रुपन्देहीको सैनामैनाबाट अपहरणमा परेका दुई बालबालिकालाई प्रहरीले झापाबाट सकुशल उद्धार गरेको छ । विहिबार विहान विद्यालय जान घरबाट निस्केका उनीहरुलाई आफन्तले नै अपहरण गरेको प्रहरीले जनाएको छ ।विहान ९ बजे देखि सम्पर्क विहिन भएका सैनामैना नगरपालिका–६ बस्ने पुष्पा दाहालकी छोरी र छोरालाई शुक्रवार दिउँसो २ बजे झापाको विर्तामोडबाट उद्धार गरिएको हो ।
घटनामा संलग्न अभियुक्त खिम बहादुर पौडेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । ७ वर्षिय प्रसिद्ध दाहाल र ९ वर्षिय प्रशन्न दाहाल हाल प्रहरीको संरक्षणमा रहेको र अभियुक्त पौडेल पनि प्रहरीको नियन्त्रणमा रहेका छन् । उनीहरुलाई रुपन्देही ल्याउँदै गरेको प्रहरीले जनाएको छ । सैनामैना–४, मुर्गियामा रहेको प्रभात आवसीय बोर्डिङ स्कुलमा अध्ययनरत उनीहरु विद्यालयका गएको अवस्थामा आफ्नै फूपाजु पर्ने पौडेलले फोटो खिच्ने बहानामा अपहरण गरेका थिए ।छोराछोरी सम्पर्क विहिन भएपछि परिवारले ईलाका प्रहरी कार्यालय रन्यौरामा खबर गरेका थिए । सैनामैना–५ घमाहा खोला बस्ने खिम बहादुरसँग पारिवारिक विवाद भएका कारण उसले नै अपहरण गरेको भन्दै किटानी जाहेरीसहित परिवारले प्रहरीमा खबर गरेका थिए ।
७ फाल्गुन २०७८, शनिबार








प्रतिक्रिया