जीवनशैली

मन्त्री झाक्रीले भनिन माधवलाइ छाडन तयार छु



काठमाडौं ७ फागुन । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र ‘सम्मानित’ नेता झलनाथ खनालले एमसीसीको बिरोध केवल बार्गेनिङका लागि मात्रै गरिरहेको तथ्य सोही पार्टीकी नेतृले उजागर गर्नुभएको छ ।

अध्यक्ष नेपालले माओवादीसँग मिलेर सडकमा आफ्ना जनसंगठनलाई एमसीसीको बिरोध गर्न लगाइरहेको बेला शहरी विकास मन्त्रीसमेत रहनुभएकी सचिव रामकुमारी झाँक्रीले एमसीसीको पक्षमा प्रष्ट अभिब्यक्ति दिएर माधव र झलनाथको नौटंकीको भण्डाफोर गरिदिनु भएको हो ।एकीकृत समाजवादीकी सचिव एवं मन्त्री झाँक्रीले एमसीसीको विषयमा आफू प्रधानमन्त्री शेरबहादुर देउवासँगै रहेको घोषणा गर्नुभयो । आफूले प्रधानमन्त्रीले राखेको धारणा भन्दा फरक धारणा आफूले राख्न उपयुक्त नहुने निश्कर्ष पनि मन्त्री झाँक्रीले सुनाउनु भएको छ ।

संसद बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै मन्त्री झाँक्रीले आफू मन्त्रिपरिषदको सदस्य रहँदासम्म प्रधानमन्त्रीको भन्दा फरक धारणा राख्न उपयुक्त नहुने बताउनु भयो । ‘म मन्त्रिपरिषदको सदस्य भएको कारणले अहिले मैले प्रधानमन्त्रीले राखेको धारणा भन्दा फरक भएर धारणा राख्न उपयुक्त पनि हुँदैन, जतिबेलासम्म म यो मन्त्रिपरिषदको सदस्य हुन्छु,’ मन्त्री झाँक्रीले भन्नुभयो ।

उहाँले कतिपय विषयहरु नेपालको आन्तरिक राजनीतिमा अनावश्यक ढंगले किचलो हाल्न ल्याइएको भन्दै राष्ट्रको हित र सरकारको विश्वसनीयताका लागि त्यस्ता विषयबाट सचेत रहनुपर्ने पनि बताउनु भयो ।

प्रकाशित : ७ फाल्गुन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६