अन्तर्राष्ट्रिय

बेलायतमा तीन दशकयताकै शक्तिशाली आँधी, तीन जनाको ज्यान गयो




फागुन ७, एजेन्सी
बेलायतमा तीन दशकयताकै शक्तिशाली आँधीले तीन जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा २० र ५० वर्षका दुई जना पुरुष र एक जना ३० वर्षीया महिला रहेका छन् ।

‘यूनिस’ नामको आँधीका कारण जनजीवन प्रभावित भएको बीबीसीले जनाएको छ । एक सय २५ माइल प्रतिघण्टाको गतिमा आएको आँधीका कारण लण्डनका साथै पूर्वी र दक्षिण पूर्वी इङ्ग्ल्यान्डका कयौँ क्षेत्र प्रभावित भएका छन् ।

आँधीका कारण सयौँको सङ्ख्यामा उडान तथा रेल सेवा रद्द भएका छन् । कतिपय ठाउँमा रुख र बिजुलीका खम्बाहरू ढलेका छन् । आँधीकै कारण झण्डै दुई लाख घरमा विद्युत् सेवा बन्द भएको छ । सरकारले अति आवश्यक नपरि घरबाहिर ननिस्कन भनेको छ ।

प्रकाशित : ७ फाल्गुन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६