काठमाडौं, ७ फागुन । शरद भेषावकर ओमानमा जारी टी २० ग्लोबल क्वालिफायरबाट बाहिरिएका छन् । शरद शुक्रबार भएको ओमान विरुद्धको पहिलो खेलमा पनि १४ जनाको टिम लिस्टमा थिएनन् ।
नेपाल क्रिकेट संघ क्यानले एंकल इन्जुरीका कारण शरद टीमबाट बाहिरिएको र उनको स्थानमा अलराउण्डर कुशल मल्ललाई राखिएको जनाएको छ ।
क्वालिफायरको दोस्रो खेलमा नेपालले आज फिलिपिन्ससँग खेलिरहेको छ । फिलिपिन्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।
प्रतिक्रिया