अन्तर्राष्ट्रिय

मन्त्री आलेद्धारा ‘न्यू इअर विथ न्यू एअरपोर्ट’ को घोषणा



भैरहवा ७ फाल्गुन ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको ध्वजावाहक विमान वाइडवडीबाट परीक्षण उडान गरिने बताएका छन् । क्यालिब्रेशन फ्लाइट सम्पन्न भइसकेपछि नेपाल एयरलाइन्सको ध्वजावाहक विमान परीक्षण उडान गर्ने योजना रहेको उनले बताए । आज विमानस्थलको निरीक्षण पश्चात पत्रकारहरूसँगको कुराकानीका क्रममा उहाँले यस्तो बताउनु भएको हो । उनले फागुन १५ गतेसम्म क्यालिब्रेशन फ्लाइट हुन्छ भनेर डेडलाइन तोकिए पनि करिब ८–९ दिनअघि नै छिटो काम सुरु भएको बताए । उनले त्यसपछि नेपाल एअरलाइन्सको ध्वजाबाहक विमानबाट टेष्ट फ्लाइट गर्ने तयारी रहेको बताए । टेष्ट फ्लाइटपछि विमानस्थल उद्घाटनको तयारी गरिने उनले बताए ।

उनले क्यालिब्रेशन फ्लाइटको रिपोर्ट आइसकेपछि वैशाख १ गते ‘न्यू इअर विथ न्यू एअरपोर्ट’ को शुभारम्भ गरिने बताए । अब बुद्ध जयन्तीमा विभिन्न देशका बौद्ध धर्मावलम्बीहरु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउने उनकोे भनाइ रहेको छ ।विगतमा ५६ दिनमा क्यालिब्रेशन फ्लाइटको रिपोर्ट आउने भएपनि अहिले अलि छिटै आउने बताए । उहाँले विमानस्थलको टर्मिनल भवन टी–२० को लागि अर्थमन्त्रीसँग कुरा भएको उनले जानकारी दिए । टी–२०को लागि छिट्टै टेण्डर प्रक्रियामा अगाडी बढ्ने उनले भनाई रहेको थियो । आउने बुद्ध जयन्तीमा विभिन्न देशका बौद्ध धर्मावलम्बीहरु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेर लुम्बिनी दर्शन गर्न पाउने मन्त्रीको दाबी छ । विमान अवतरण गर्दा केही भूभाग भारतीय भूमि प्रयोग हुन्छ । तर त्यसकालागि सरकारले अहिलेसम्म भारतसँग कुनै अनुमति लिएको छैन् ।

प्रकाशित : ७ फाल्गुन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६