अर्थ-वाणिज्य

कांग्रेस शिवराजको पुर्ण वैठक सम्पन्न,के के भए निर्णय ?



कपिलवस्तु ७ फागुन -नेपाली कांग्रेस शिवराज नगरसमीती कपिलवस्तुको पुर्ण वैठक सम्पन्न भएको छ । नगरसमीतीको कार्यालय चन्द्रौटा वसेको वैठकले विभिन्न निर्णय गरेको नगर सचिव विष्णु पोखरेलले वताउनुभएको छ ।वैठकले नगरमा रित्त रहेका पदहरुमा मनोनीत गरेको हो । नगर कोषाध्यक्षमा ज्योती पुन मगर , वरिष्ठ सदस्यमा राजु खराल , सदस्यहरुमा सन्दिप यादव ,सफातुल्ला मुस्लमान लगाएतकालाई मनोनीत गरेको नगर सभापति मधुसुदन पोखरेलले जानकारी दिनुभएको छ ।

वैठकले २०७९ सालको भितेपात्रो प्रकाशन तथा वितरण गर्ने , पार्टिलाई स्थानीय तहको निर्वाचनमा केन्दीत गर्ने लगाएतका निर्णय गरेको सभापति पोखरेलले वताउनुभयो ।वैठक नगरसभापति मधु पोखरेलको सभापतित्व , सचिव विष्णु पोखरेललेको संचालन र उपसभापति करम हुशेनको स्वागतमा सम्पन्न भएको हो । वैठकमा युवा नेता तथा नगरका वरिष्ठ सदस्य राजु खराल ,वडा सभापतिहरु हरि श्रेष्ठ , प्रकास न्यापाने रामेश्वर वर्मा लगाएतकाले धारणा राख्नुभएको थियो ।

प्रकाशित : ७ फाल्गुन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६