अर्थ-वाणिज्य

राप्रपा कपिलवस्तुको प्रवेश कार्यक्रम सम्पन्न



कपिलवस्तु ७ फागुन – राष्ट्रिय प्रजातन्त्र पार्टीले कपिलवस्तुको शिवराज नगरपालिकाका दुई वटा वडामा वडाकमिटी तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।   वडा न ११ को अध्यक्षमा बिस्वनाथ चौधरी उपाध्यक्षमा लक्ष्मी चौरसिया सचिव रमेश श्रीवास्तव , सह सचीव नन्दलाल कोहार कोषाध्यक्ष सनाउल्ला मुसलमान सह कोषाध्यक्ष सिमादेवी चौधरी लगाएत १८ सदस्य चयन गरिएको छ ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश कोषाध्यक्ष सइद अहमद शाहले राप्रपा पार्टीमा प्रवेश गर्नेको लहर आएकोले अब देशलाई विकाश गर्न राप्रपामा जोडिनुपर्ने बताउनुभयो । नगरका सबै वडामा कमिटी विस्तार गरेको बताउदै निर्वाचनमा जित हासिल गरिने दावी गर्नुभयो ।

त्यस्तै वडा न २ मा विपशा चौधरीको अध्यक्षतामा वडा कमिटी गठन गरिएको छ । कार्यक्रममा नेताहरु नारायण बहादुर शिह , राम बहादुर रायमाझी , गङ्गाराम कोहार लगाएतको सहभागिता रहेको थियो ।

प्रकाशित : ७ फाल्गुन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६