खोज–अनुसन्धान

नेपाल पब्लिक क्याम्पस संघको अध्यक्षमा पाण्डे



कुलराज भुसाल
कपिलवस्तु, ८ फागुन। नेपाल पब्लिक क्याम्पस संघ कपिलवस्तुको अध्यक्षमा डा. विनय पाण्डे चयन हुनुभएको छ ।शनिबार जिल्लाको बुद्धभूमि नगरपालिका स्थित बुद्धभूमि क्याम्पस परिसरमा सम्पन्न भएको भेलाले ९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । भेलाले कर्यसमिति उपाध्यक्षमा राजेन्द्र आचार्य, सचिवमा हेमराज शर्मा र कोषाध्यक्षमा नामदेव खनाललाई चयन गरेको छ भने सदस्यमा खेमराज शर्मा, शुशीला आचार्य, रामप्रसाद अर्याल, लक्ष्मण पुरी र सूर्यलाल कसौधनलाई चयनगरकोछ ।
जिल्लामा सञ्चालित आठ वटै सामुदायिक क्याम्पसहरुको प्रतिनिधित्व रहेको उक्त भेलामा सामुदायिक क्याम्पस सञ्चालनका चुनौती र अवसरको बारेको समेत गम्भीर छलफल भएको बताइएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल पब्लिक क्याम्पस संघ लुम्बिनी प्रदेश अध्यक्ष मित्रलाल न्यौपानेले सबै सामुदायिक क्याम्पसहरु गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणीकरणको प्रकृयामा जानु पर्ने बताउनुभयो । गुणस्तरिय उच्च शिक्षा प्रदान गर्न सकेको अवस्थामा मात्र सामुदायिक क्याम्पसहरु दिगो रुपमा सञ्चालन हुनसक्ने न्यौपानेले तर्क थियो ।
कार्यक्रममा नेपाल पब्लिक क्याम्पस संघका केन्द्रीय सदस्य कृष्ण खनालले पब्लिक क्याम्पसहरु सञ्चालन गर्न निकै कठिनाई हुँदै गएको बताउनुभयो । अति न्यून शूल्कमा गुणस्तरिय उच्च शिक्षा प्रदान गर्नु पर्ने अवस्था र सरकारी निकायको वेवास्ताको कारण क्याम्पस सञ्चालन चुनौतीपूर्ण बन्दै गएको खनालको भनाई थियो ।कार्यक्रममा सिद्धार्थ क्याम्पस बाणगंगाका अध्यक्ष झविलाल पोख्रेलले सामुदायिक क्याम्पसहरुमा स्थानीय सरकारले लगानी बृद्धि गर्नु पर्ने औंल्याउनुभयो । पोख्रेलले सामुदायिक क्याम्पसहरुमा रहेका शिक्षक तथा कर्मचारी दरबन्दीको आधारमा स्थानीय सरकाले बजेट विनियोजन गर्नुपर्नेमा समेत जोड दिनुभयो ।
त्यस्तै नेपाल पब्लिक क्याम्पस संघका लुम्बिनी प्रदेश कोषाध्यक्ष रबि बहादुर काफ्लेले सामुदायिक क्याम्पसहरुको उत्थान र विकासको लागि तीनै तहका सरकार सचेत हुनपर्ने तथा क्याम्पसहरु पनि गुणस्तर अभिवृद्धि गर्न तर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो ।कार्यक्रममा नेकपा (एमाले) जिल्ला प्रतिनिधि देवी प्रसाद बेल्बासे, नेपाली कांग्रेसका प्रतिनिधि रोमलाल खनाल, नेकपा (माओवादी) केन्द्रका प्रतिनिधि रुद्रलाल बन्जाडेले जिल्लाका सामुदायिक क्याम्पसहरुले भोगेका समस्याहरुको दीर्घकालीन समाधान गर्न आफु र आफ्नो दल प्रतिवद्ध रहेको बताउनुभयो ।

प्रकाशित : ८ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६