प्रदेश

नेपाली सेनाद्वारा दाङमा फेला परेकाे शङ्कास्पद वस्तुकाे ‘डिस्पोज’



दाङ, ०८ फागुन ।   देउखुरीको लमही नगरपालिका-७ मा रहेकाे पूर्व पश्चिम राजमार्गको पद्मिनी खोला नजिकै सडक किनारमा राखिएको शङ्कास्पद वस्तु  नेपाली सेनाले डिस्पोज गरेको छ ।

शङ्कास्पद वस्तु  देखेपछि शनिवार राति गाडी चालकले  प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक राजीव श्रेष्ठ घटनास्थल पुग्नुभएकाे थियाे । 

‘राति डिस्पोज गर्न सक्ने अवस्था थिएन, रातभरि हामीले सुरक्षा दिएर बिहान मात्र अवस्थालाई नियन्त्रणमा लिने काम भयो’- प्रहरी निरीक्षक श्रेष्ठले भन्नुभयो ।

प्रेसर कुकरमा नो एमसीसी लेखेर विद्युतका तारले जेलेर सडक किनारमा राखिएको शङ्कास्पद वस्तुलाई रणसिंह दल गण घोराहीको बम डिस्पोजल टोलीले आज बिहान करिब साढे ११ बजे डिस्पोज गरेको हो ।

प्रकाशित : ८ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६