प्रदेश

निषेधित क्षेत्र तोडेपछि नयाँबानेश्वरमा तनाव, बालुवाटारमा नेताहरुबीच सहमति



काठमाण्डाै,०८ फागुन ।  अमेरिकी सहायता परियोजना एमसीसी प्रतिनिधि सभामा पेस गर्न सत्ता गठबन्धनका दलहरु सहमत भएका छन् ।

बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी पनि संसदमा एमसीसी पेस गर्न दिने तर संशोधन विना पारित गर्न नदिन सहमत भएका छन् ।

संसदमा एमसीसी पेस गरेर सांसदहरुलाई आफ्ना भनाइ राख्न दिने तर पारित गर्न आफूहरुको समर्थन नरहने माओवादी र एकीकृत समाजवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको भनाइ छ । 

शीर्ष नेताहरुले बालुवाटारमा एमसीसी संसदमा पेस गर्ने सहमति जुटाएका छन् । तर सत्ताधारी दल माओवादी र एकीकृत समाजवादी पार्टीका कार्यकर्ता नै नयाँ बानेश्वरमा एमसीसी विरोधी प्रदर्शनमा अग्रपङ्क्तिमा देखिएका छन् ।

शीर्ष नेताले बालुवाटारमा सहमति गरिरहँदा नयाँ बानेश्वरमा भने माओवादी र एकीकृत समाजवादी पार्टीकै कार्यकर्ता भने सडक आन्दोलनमा रहनुलाई धेरैले अनौठो मानेका छन् । आफूहरुले बालुवाटारमा सहमति गर्ने तर कार्यकर्तालाई सडकमा उतारेर माओवादी र एकीकृत समाजवादीले ‘रमिता’ देखाइरहेको भन्दै चर्को आलोचना पनि भएको छ । 

प्रकाशित : ८ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६