ब्रेकिंग न्युज

यौन कार्यमा असहमतपछि कपिलवस्तुमा ६० वर्षीया बृद्धाको हत्या



कपिलवस्तु ९ फागुन – यौनजन्य क्रियाकलापमा असहमत जनाएपछि कपिलवस्तुमा ६० वर्षीया बृद्धाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको बाणगंगा नगरपालिका १० सोनपुरकी एकल महिला यशोधा लोनियाको हत्याको आरोपमा देवरलाई पक्राउ गरेको छ ।प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीका अनुसार यशोधाको देवर वर्ष ४० बर्षीय शम्भु लोनियाले माघ १० गते राति हत्या गरेका हुन् । मादक पदार्थ सेवन गरेको विषयमा शम्भु र पत्नी बिच विवाद भएपछि पत्नी माइती गएको दिन हत्या गरिएको प्रहरीले जनाएको छ ।

पत्नी नभएपछि शम्भु रातको ९ बजे भाउजु यशोधाको घरमा पुगेको थिए ।भाउजु देवर बिच सहमतीमा यौन सम्पर्क भएको र दोस्रो पटक यौन सम्पर्क गर्न खोज्दा यशोधाले प्रतिकार गर्न खोजे पछि घाँटी थिचेर हत्या गरेको स्विकार गरेको भण्डारीले बताउनु भयो । घटनाको अनुसन्धानका लागि कर्णाली प्रदेश प्रहरी कार्यालय के–नाइन शाखा कोहलपुरबाट तालिम प्राप्त कुकुर परिचालन भएको इलाका प्रहरी कार्यालय पिपराको प्रहरी निरीक्षक दिनेश गुरुङले बताउनु भयो ।

प्रकाशित : ९ फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६