प्रदेश

माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर चलेको छ : प्रचण्ड



काठमाण्डौ – नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा विभिन्न पार्टीमा रहेकाहरू क्रमशः आफ्नो पार्टीमा आउने र केन्द्रित हुने लहर नै चलेको बताउनुभएको छ । 

अध्यक्ष दाहालले भन्नुभयो, ‘देशैभरि माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर नै चलेको छ ।’ अध्यक्ष दाहालले मधेस प्रदेशमा मधेसी जनताको पहिचान र अधिकारका लागि लड्ने पार्टी माओवादी केन्द्र नै हो भन्ने धारणा एक पटक फेरि फैलिएको उल्लेख गर्नुभयो । मधेशमा मात्रै नभइ देशैभर माओवादीप्रति जनताको नयाँ उभार देखिएको उहाँको भनाइ थियो । 

नेपाली कांग्रेस र नेकपा एमालेका झन्डै दुई दर्जन नेता तथा कार्यकर्तालाई आज आइतवार माओवादीमा प्रवेश गराउँदै उहाँले यो कुरा बताउनुभएको हो । 

नवप्रवेशीलाई अध्यक्ष दाहालले आज एक कार्यक्रमकाबीच अबिर र खादा लगाइ पार्टीमा स्वागत गर्नुभएको हो । उनीहरूलाई पार्टीमा उचित जिम्मेवारी दिइने उहाँको भनाइ थियो । 

यसरी प्रवेश गर्नेहरूमा नेकपा एमालेमा रहनुभएका रौतहट जिल्ला मौलापुर नगरपालिकाका वडाध्यक्षका प्रत्यासी तथा कार्यपालिका सदस्य कामेश्वरप्रसाद साह कानूसहितका नेता तथा कार्यकर्ता छन् । त्यसैगरी सुदूरपश्चिमबाट नेपाली कांग्रेसमा क्रियाशील सदस्य जयराज भट्ट, व्यवसायी विष्णु भट्ट र विनोदप्रसाद भट्टलगायत माओवादीमा प्रवेश गर्नुभएको थियो । 

प्रकाशित : ९ फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६