प्रदेश

एमसीसी पास गर्दैनौं, सत्ता छाड्न चाहदैनौ: मेटमणी



काठमाडौं ९ फागुन – नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले यथास्थितिमा अमेरिकी सहायता परियोजना एमसीसी पारित गर्न नसकिने बताउनु भयो । सोमबार रिपोर्टस क्लबमा आयोजित सात्क्षात्कार कार्यक्रममा चौधरीले सरकारबाट पनि नबाहिरिने बताउनु भयो ।‘यही अवस्थामा हामी एमसीसी पास गर्दैनौं,’ चौधरीले भन्नु भयो , ‘हामी सरकारबाट पनि बाहिरिदैनौं । सरकारलाई दिएको समर्थन यथावत रहन्छ, सरकारमै रहन्छौं ।’चौधरीले एमसीसीलाई मतदानमा लैजाँदा कुनै पनि दलले सांसदलाई ह्वीप लगाउन नहुने बताउनु भयो ।‘यस्तो विषयमा सांसदलाई स्वतन्त्र छाडिदिनुपर्छ,’ उहाँको भनाइ छ, ‘दलको ह्वीप लगाउनै पर्छ, मान्नै पर्छ भन्ने कुरा गलत हो । सांसदलाई स्वविवेक प्रयोग गर्न दिनुपर्छ ।’

प्रकाशित : ९ फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६