जीवनशैली

वर्षाले धान बालीमा क्षति बेहोरेका किसानलाई राहत दिन एक अर्ब रूपैयाँ निकासा



दाङ,
९-फागुन/ गएको असोज अन्तिम र कात्तिक पहिलो साता आएको वर्षाले धान बालीमा क्षति बेहोरेका किसानलाई राहत दिन अर्थ मन्त्रालयले एक अर्ब रूपैयाँ निकासा गरेको छ । गृहमन्त्रालयले किसानको खातामा उपलब्ध गराउनेगरी उक्त रकम निकासा भएको कृषि विकास सचिव गोविन्द शर्माले जानकारी दिए ।

केही दिन अघि निकासा भएको रकम स्थानीय तहबाट प्रमाणीकरण भएर आएका अधिक वर्षा प्रभावित जिल्लाका पीडित किसानलाई उपलब्ध गराउने उनको भनाइ छ । ‘३१ जिल्लाका प्रमाणीकरण भएका किसानलाई राहत जान सुरु हुन्छ, पीडित किसानले राहत छिटो पाउन स्थानीय पालिका र वडाले छिटोभन्दा छिटो प्रमाणीकरण गरिदिनुपर्छ” सचिव शर्माले भने ।

थप राहत रकम किसानलाई उपलब्ध गराउनेगरी निकासा गर्न अर्थमन्त्रालयलाई पत्राचार गरिएको पनि मन्त्रालयले जनाएको छ । अध्ययन प्रतिवेदनले किसानलाई ५ अर्ब ५२ करोड रुपैयाँ राहत दिनुपर्ने औल्याएको थियो ।

प्रकाशित : ९ फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६