अर्थ-वाणिज्य

भित्री वस्त्रमा भेटियो ९३६ ग्राम सुन



काठमाडौं- हिमालय एयलाइन्सको उडान नम्बर एच९५६६ बाट सोमबार बंगलादेशी नागरिक मोहमद तोफिक उल्लाह काठमाडौं ओर्लिए ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टर्मिनल गेटमा खटिएका प्रहरीलाई उनको हिँडाइ अस्वभाविक लाग्यो । तर विमानस्थलमा मेटल डिटेक्टरको जाँचमा कुनै कैफियत देखिएन ।‘शंका लागेपछि फेरि सोधपुछ गरेर खनतलासी लिँदा उनले लगाएको भित्री वस्त्रमा बेलना आकारको अर्धठोस सुन लुकाएको भेटियो’ विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता एसपी हिमालयकुमार श्रेष्ठ भन्छन्, ‘९३६ ग्राम सुन बरामद भएपछि नियन्त्रणमा लिएर अनुसन्धान थालेका थियौं ।’सोधपुछका क्रममा उनले भारतीय नागरिक पारसनाथ शाहको नाम खुलाएपछि उनलाई पनि पक्राउ गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौरचमा बुझाइएको एसपी श्रेष्ठले बताए ।

प्रकाशित : ९ फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६