जीवनशैली

पोखरा फेवातालको पानीको सतह आजदेखी किन घटाइदै छ ?



पोखरा १० फागुन :  आजदेखि पोखराको फेवातालमा पानीको सतह घटाईने भएको छ। जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्कीका प्रमुख किरण आचार्यका अनुसार विरौटा चोकमा रहेको नहरको ‘कल्भर्ट’ फराकिलो बनाउन तालमा पानीको सतह घटाउन लागिएको हो।

सडक डिभिजन कार्यालय, पोखरा मार्फत पोखरा महानगरपालिका वडा नं. १७ अन्तर्गत सिद्धार्थ राजमार्गको विरौटामा रहेको नहरमा पर्ने ‘कल्भर्ट’लाई फराकिलो बनाउनुपर्ने निवेदन परेपछि डिभिजन कार्यालय कास्कीले अनुमती दिएको हो।

गतवर्ष फेवातालको बाँध मर्मत गर्नका लागि माघ तेस्रो हप्ता तालबाट करिब ६ करोड लिटर पानी बगाइएको थियो। डिभिजन कार्यालय कास्की प्रमुखका अनुसार यसवर्ष करिब ५ करोड लिटर बगाइदै छ। यसपटक २० सेन्टिमिटर बाँध मात्र खोल्ने भएकाले अघिल्लो वर्ष जसरी बढी सुख्खा नहुने कार्यालयले जनाएको छ।

प्रकाशित : १० फाल्गुन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६