ब्रेकिंग न्युज

म्यानपावर व्यावसायीबाट ठगिने काम रोक्छौं : मन्त्री ढेंगामगर



लुम्बिनी १० फागुन । लुम्बिनी प्रदेश सरकारका श्रम तथा यातायात व्यवस्था मन्त्री पुमर्ती ढेंगामगरले सरकारले म्यान पावर व्यावसायीबाट ठगिने काम रोक्न उपयुक्त कदम चाल्ने बताएकी छन् । बुटवलमा सुरक्षित आप्रवासनको लागि राष्ट्रिय सञ्जालले गरेको पुन एकीकरण कार्यक्रममा बोल्दै मन्त्री मगरले सो कुरा बताएकी हुन् ।विदेश जानेहरू खासगरी मेनपावर व्यावसायीबाट धेरै पीडित भएको भन्दै श्रमिकहरु ठगिने काम रोक्नका लागि सरकारले पहल गरिरहेको उनले बताइन् । विदेशमा धेरै श्रम गरे पनि कम तलब पाएको गुनासो सुनिएको भन्दै मन्त्री मगरले सरकारले योग्यता अनुसारको तालिम दिएर स्वदेशमा रोजगारी दिने वातावरण बनाउने बताइन् ।

मन्त्रालयका सचिव दीपकराज ढकालले प्रदेशका सबै जिल्लाहरुमा स्वरोजगार सिर्जना गर्नका लागि स्थानीय स्तरबाट कार्यक्रमको माग गर्ने नीति लिइएको बताए ।  कार्यक्रममा बोल्दै सांसद कृष्णप्रसाद न्यौपाने, रमा अर्याल, दीपा विक, वरिष्ठ श्रम अधिकृत गिरिराज ज्ञवाली लगायतले विदेश जानेहरूलाई सीपमूलक तालिम प्रदान गर्ने र फर्केर आएकाहरुलाई नेपाल बस्ने गरी लगानी गर्ने वातावरण तयार पर्ने दायित्व राज्यको रहेको बताए ।

प्रकाशित : १० फाल्गुन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६