काठमाडौं १० फागुन -मध्यबानेश्वर क्षेत्रबाट चिनियाँ नागरिकसहित ३६ जना पक्राउ परेका छन् । प्रहरी परिसर काठमाडौँको टोलीले सोमबार राति उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका सबैलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
अनलाइनबाट जुवा खेलाउने, धम्क्याउनेलगायतको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।
प्रतिक्रिया