खेलकुद

विश्वकप छनोटः यूएईले दियो नेपाललाई १ सय ७६ रनको लक्ष्य



काठमाण्डौ, १० फागुन । आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोटको सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स यूएई ले नेपाललाई एक सय ७६ रनको लक्ष्य दिएको छ ।

अल अमिरात मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७५ रन बनायो । यूएईका लागि मुहम्मद वसीमले ७० र विर्त्या अरविन्दले ४६ रन बनाए ।

बलिङतर्फ नेपालका लागि जितेन्द्र मुखिया र अविनाश बोहराले तीन–तीन विकेट लिए । यस्तै कप्तान सन्दीप लामिछानेले एक विकेट लिए ।

आजको सेमिफाइनलमा यूएईलाई हराउन सके नेपालले आउँदो अक्टोबर, नोभेम्बरमा अस्ट्रेलियामा हुने टी–२० विश्व कप क्रिकेट खेल्न पाउनेछ । नेपाल समूह ‘बी’ को विजेता र यूएई समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।

प्रकाशित : १० फाल्गुन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६