जीवनशैली

तिलोत्तमामा पालिकाले दिने सेवा घरघर बाटै हुन थाल्यो




रुपन्देही १० फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड नम्बर ८ की बेल कुमारी गौतमले हालै आफ्नो नाममा रहेको तीन ठाउँको जग्गाको कर इ–सेवाबाट तिर्नुभएको छ । उहाँले घरमै बसेर नगरपालिकाका लागि कति कर लाग्छ भन्ने स्पष्ट रुपमा हेर्नुभयो र १३ सय ६ रुपैयाँ नगरपालिकामा जम्मा गरिदिनु भएको हो । गौतम जस्तै अनलाइनबाट सम्पत्ति कर तिर्ने पदमराज कँडेल पनि हुनुहुन्छ । उहाँले आफ्नो सम्पती कर ३८(अटतिस) सय १२ रुपैयाँ नगरपालिकामा अनलाइनबाट बुझाउनु भएको छ । उहाँले अनलाइनबाट नै सम्पती कर बुझाउँदा समयको बचत भएको बताउनुभयो । तिलोत्तमा नगरपालिकामा हालसम्म गौतम र कँडेल जस्तै धेरै रहेका छन् । अनलाइनबाट हालसम्म १ लाख ५५ हजार कर उठेको नगरपालिकाले जनाएको छ । अनलाइनबाट सम्पत्ति कर तिर्दा धेरै सेवाग्राहीहरुको समय बचत भएको छ ।
पछिल्लो समयमा नगर बासीले विद्युत्, खानेपानीलगायतका बिल पनि अनलाइनबाट तिर्ने गरेका छन् । नगरपालिकाले संचालन गरेको विद्युतीय सेवालाई सेवाग्राहीले सहज प्रयोग गर्न सकिरहेको प्रवक्ता सुरेन्द्र श्रीले बताउनुभयो । तिलोत्तमा नगरपालिकाले अनलाईन विलिङ्गसँगै सामुदायिक विद्यालयहरूका एप पनि सञ्चालनमा ल्याएको छ ।

प्रकाशित : १० फाल्गुन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६